कला


ब्राण्डले पनि ब्राण्डिङ गर्न नसकेकी नम्रताको संघर्ष

ब्राण्डले पनि ब्राण्डिङ गर्न नसकेकी नम्रताको संघर्ष

नेपालखबर
बैशाख १९, २०७९ सोमबार ८:५७, काठमाडौँ

नेपाली फिल्म उद्योगमा औसतमा चलेकी नायिका हुन् नम्रता सापकोटा। सिने उद्योगको सफल ब्राण्ड ‘छक्का पञ्जा’मा काम गरेर पनि आफूलाई ब्राण्डिङ गर्न नसकेकी नम्रताको चर्चा भने बेलाबेला भइरहेकै हुन्छ।

उनको चर्चा उनले अभिनय गरेका फिल्म, उनको अभिनय क्षमतालाई लिएर भएको पाइँदैन।

अनमोल र सुहाना थापा  फिल्म उद्योगमा स्थापित हुँदै गर्दा नम्रताले नेपाली फिल्म उद्योगमा ‘नेपोटिज्म’छ भन्ने अभिव्यक्ति दिइन्। जसले उनलाई चर्चामा मात्रै होइन, विवादमै तान्यो। 

अघिल्लो वर्ष मात्रै उनले बिहे नगरी बच्चा जन्माउने चाहना सार्वजनिक गरिन्। उनको चाहनालाई लिएर सामाजिक सञ्जाल दुई कित्तामा विभाजन भयो। केहीले उनको समर्थन गरे, केहीले खेदो खने।

जे होस्, नम्रताको अभिव्यक्तिमाथि व्यापक चर्चा भयो।

त्यसपछि ओशो ध्यान केन्द्र पुगेकी नम्रताका ध्यान गरिरहेको तस्बिर सार्वजनिक भए। एकपटक ओशो ध्यान केन्द्रमा पुगेकी नम्रता बैशाखको सुरुआतमा टुँडिखेलमा योगका किस्सा सुनाउँदै गरेकी भेटिइन्।

अहिले उनको ध्यान किस्साको चर्चा पनि सेलाइसकेको छ।

थुप्रै म्युजिक भिडियोमा काम गरेकी नम्रताले राम्रै फिल्ममा अभिनय गरेकी पनि छन्।

थुप्रै कलाकार म्युजिक भिडियोबाटै स्थापित भैरहका बेला नम्रता भने अझै स्थापित हुने संघर्षमै छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad