झरना थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘भागवत गीता’को टिजर छायांकन सुरु भएको छ।
निर्माता सुनिलकुमार थापाले मंगलबार बिहान जनकपुरबाट टिजर छायांकन सुरु गरेका हुन्। टिजरमा अभिनेत्री सुहाना थापा मात्रै देखिने सुनिलले बताए।
सुनिलले टिजरमै चलचित्र प्रदर्शन मिति राखेर छायांकन गर्ने बताएका छन्। चलचित्रको छायांकन भने साउन २० गतेबाट सुरु हुनेछ।
टिजरमा चलचित्रका अभिनेता नदेखिने बताउँदै सुनिलले भने ‘हिरो अहिले गोप्य राखौं।’
लभ स्टोरी जनरामा बन्ने यो फिल्ममा सुहानाको जोडीका रुपमा अनमोलले रोमान्स गर्ने पक्का भएको थियो।
तर, अनमोलले यो चलचित्रमा काम नगर्ने भएका छन्।
अनमोलले नखेल्ने भएसँगै सुहाना यो फिल्ममा कसको जोडीका रुपमा देखिनेछिन् भन्ने प्रतीक्षाको विषय बनेको छ। ‘ए मेरो हजुर ४’ले सुखद व्यापार गरिरहेको छ।
Shares

प्रतिक्रिया