कला


अमेरिका उड्ने तयारीमा वर्षा

अमेरिका उड्ने तयारीमा वर्षा

नेपालखबर
बैशाख २६, २०७९ सोमबार ११:९, काठमाडौँ

अभिनेत्री वर्षा शिवाकोटी नेपाली चलचित्रमा चल्न नसकेकी नायिका हुन्। चलचित्र ‘पशुपति प्रसाद’मा गरेको छोटो भूमिका दर्शकले सम्झना गरे पनि उनका अन्य कामलाई भने दर्शकले खासै नोटिस गरेको पाइँदैन। 

वर्षा नेपाली फिल्म उद्योगमा वैकल्पिक नायिकाका रुपमा मात्रै स्थापित भइन्। ठूलो ब्राण्डका चलचित्रमा काम गरेपनि उनको कामको तारिफ हुन सकेन। 

चलचित्रमा स्थापित हुने संघर्ष गर्दागर्दै वर्षाले यही महिना विवाह गरिन्। अमेरिका बस्दै आएका आशिष गेलालसँग प्रेम विवाह गरेकी वर्षा अहिले एक्लै छन्। विवाह गरेको केहि दिनमै श्रीमान अमेरिका उडेपछि वर्षा आफू अभिनित चलचित्र ‘लक्का जवान’को प्रचारमा ब्यस्त देखिएकी छिन्। 

चलचित्रको प्रमोसनमा ब्यस्त रहेकी वर्षाले भविष्यमा अमेरिकामै बस्ने संकेत देखाएकी छिन्। उनलाई दर्शकले ‘अमेरिका बस्नु हुन्छ की नेपाल’ भनेर गरेको प्रश्नमा वर्षाले ‘श्रीमान् जता बस्नुहुन्छ, म पनि त्यतै बस्छु’ भनेर कूटनीतिक उत्तर फर्काएकी छिन्। 

उनका श्रीमान आशिष लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। वर्षा पनि आफ्ना रिलिजको तयारीमा रहेका केहि चलचित्रको काम सकेर अमेरिका उड्ने तयारीमा रहेको बताइएको छ। वर्षा अभिनित ‘मनसँग मन’, ‘ए साथी सुन’, ‘परदेशी २’ लगायतका चलचित्र रिलिज हुन बाँकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad