कला


नेपाल आउने अनुमति माग्दै दिल्ली अदालतमा ज्याकलिन

नेपाल आउने अनुमति माग्दै दिल्ली अदालतमा ज्याकलिन

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार १५:४८, काठमाडौँ

ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण अदालतमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज विदेश भ्रमणका लागि अनुमति माग्दै अदालत पुगेकी छिन्।

उनले दिल्ली अदालतसँग १५ दिनका लागि विदेश भ्रमणको इजाजत दिन आग्रह गरेकी छिन्। उनले तत्कालका लागि अबुधाबीमा हुने आइफा अवार्डमा जानका लागि इजाजत मागेकी छिन्। 

आबुधाबीपछि ज्याकलिनले फ्रान्स र नेपालको भ्रमणका लागि पनि अदालतसँग अनुमति मागेकी छिन्। दिल्ली अदालतले अनुमति दिएको खण्डमा आगामी जेठ १४ मा ज्याकलिन नेपाल आउने कार्यक्रम रहेको छ।

ज्याकलिन सलमान खानको दबंग टुरमा नाच्नका लागि नेपाल आउन लागेकी हुन्। 

उनलाई आइतबार मात्रै मुम्बई प्रहरीले एयरपोर्टबाट घर फिर्ता पठाएको थियो। बाहिर कतै उड्न लागेकी ज्याकलिनलाई प्रहरीले लामो सोधपुछ गर्दै अदालतको अनुमतिबिना एक ठाउँबाट अर्को ठाउँ जान नपाइने भन्दै फिर्ता पठाएको थियो।

सुकेशको ठगी कान्डमा मतियार हुन सक्ने आशंकामा मुम्बईको इन्फोर्समेन्ट डिरोक्टरेट (इडी)ले उनमाथि पनि मुद्दा दायर गरेको छ।

इडीले सुकेशबाट उनले विभिन्न समयमा महंगा महंगा सामान गिफ्ट लिएको र ७ करोडभन्दा बढी पैसा लिएको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad