हास्य कलाकार मनोज गजुरेलले मतदान गरेका छन्।
उनले भक्तपुरको सूर्यविनायक २ बाट मतदान गरेका हुन्।
गजुरेलले मतदान गरेपछि उम्मेदवारलाई सुझाव दिँदै शासक नबन्न आग्रह गरेका छन्।
उनले आफूले स्थानीय विकासका लागि मतदान गरेको पनि उल्लेख गरेका छन्।
मतदानपछि गजुरेलले भने ‘हाम्रो भोट स्थानीयताका लागि, स्थायित्वका लागि, स्थिरताका लागि।’
बैशाख ३०, २०७९, शुक्रबार
प्रतिक्रिया