ad ad

कला


बालेनको पक्षमा सभागृह बाहिर समर्थकको नाराबाजी

बालेनको पक्षमा सभागृह बाहिर समर्थकको नाराबाजी

फाइल फाेटाे


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १५:१०, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ।

प्रारम्भिक चरणको मत परिणाम हेर्दा प्रतिस्पर्धा निक्कै रोचक देखिएको छ। काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाह अगाडी देखिएका छन्। 

महानगरको मेयरमा सुरुवाती चरणमै अग्रता लिएका बालेनका पक्षमा राष्ट्रियसभा गृह बाहिर उनका समर्थकले नाराबाजी गरिरहेका छन्। 

राष्ट्रियसभा गृह परिसरमा उपस्थित भएका उनका समर्थकले ‘जित कसको बालेनको’ भन्दै नाराबाजी गरिरहेका छन्। शाहका समर्थकले बालेन एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .