कला


‘पासो’को ट्रेलर सार्वजनिक, आगामी कात्तिक २५ गते रिलिज हुने

‘पासो’को ट्रेलर सार्वजनिक, आगामी कात्तिक २५ गते रिलिज हुने

नेपालखबर
जेठ ८, २०७९ आइतबार १२:६, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। 

बीआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी कार्तिक २५ गतेबाट रिलिज हुँदैछ। प्रदर्शनको ६ महिना अगावै फिल्म निर्माण यूनिटले ट्रेलर सार्वजनिक गरेको हो। 

यो चलचित्रमा रिस्ता बस्नेत, सुनिषा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाश लगायतका कलाकारले अभिनय गरेका छन्। 

सार्वजनिक फिल्मको ट्रेलरमा काठको बक्सा भित्र थुनिएकी युवतीको कथा देखाउन खोजिएको छ। 

सूर्य दयालुको संगीत रहेको चलचित्रको कथा, पटकथा तथा संवाद आरबी पुनले लेखेका हुन्। 

चलचित्रको निर्देशक पनि पुनले नै गरेका हुन्। चलचित्रमा भगवान भुजेलले लगानी गरेका छन्। 

उत्तम हुमागाईँको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ।

यो चलचित्रले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad