अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीले ३ वर्षको प्रेमलाई विवाहमा परिणत गर्ने भएका छन्।
३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरु प्रेममा रहेको कुरालाई भने अस्वीकार गर्दै आएको छ। सार्वजनिक रुपमा प्रेम स्वीकार नगरेपनि यो जोडीको डेट, मित्रता र कामले भने मिडियामा सधैं स्थान पायो।
यो जोडीले प्रेमको सुरुवाती अवस्थाबाटै विभिन्न प्रोजेक्टमा सँगै काम गर्दै आएको छ। अहिले पनि नीता र हरिहर एक चलचित्र निर्माणको तयारीमा छन्।
फिल्मको तयारीमा रहेको यो जोडीले अब पहिला विवाह त्यसपछि फिल्मको काम गर्ने भएको छ।

नीता र हरिहर आगामी असार २४ गते वैवाहिक बन्धनमा बाँधिदैछन्।
याक एन्ड यती होटलबाट आफ्नो विवाह गर्ने तयारी गरेका नीता र हरिहरले असार २६ गते विवाहको पार्टी दिने तयारी गरेका छन्। यो जोडीको विवाहमा भारतीय कलाकार प्रदिप रावतले पनि सहभागीता जनाउने बताइएको छ।
प्रदीप नीता र हरिहरको विवाहमा सरिक भए लगत्तै उनीहरुकै चलचित्र ‘ह्रस्व दीर्घ’ मा जोडिने छन्।
विवाह लगत्तै यो जोडी फिल्म छायांकनमा निस्कने तयारीमा छ। यो फिल्ममा नीता र हरिहरका साथमा भारतीय फिल्मका कलाकार प्रदीप रावत, सुनिल वर्मा लगायतले अभिनय गर्ने छन्। चलचित्र चन्द्र पन्तले निर्देशन गर्ने भएका छन्।
Shares

प्रतिक्रिया