कला


गायक इन्द्र लामिछानेको 'मानव जीवन' बोलको भजनमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनय

गायक इन्द्र लामिछानेको 'मानव जीवन' बोलको भजनमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनय

नेपालखबर
असार ६, २०७९ सोमबार ७:३५, काठमाडौँ

लोकप्रिय गायक इन्द्र लामिछानेको स्वर रहेको 'मानव जीवन' बोलको भजन सार्वजनिक भएको छ।

गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द रचना तथा संगीतमा रहेको उक्त भजनमा  कुमार थापा एरेन्ज र किशोर थापाको मिक्स तथा मास्टरिगं रहेको छ।

पछिल्लो समयमा बढ्दो आधुनिकता, व्यस्त जीवनशैली र  फेरिदै गएकाे रहनसहनका साथै  छोराछोरी र बुहारीले बाबु आमाप्रति हेर्न दृष्टिकोण फेरिएका विषय समेटिएकाे छ। 

गायक लामिछानेले  तयार पारेको 'मानव जीवन' मा  बाबुआमालाई बोझका रुपमा हेर्दै बुहारी र पत्नीको नराम्रो कुरा सुनेर बृद्धाआश्रममा लग्ने बढ्दो प्रचलनलाई भिडियोमा मार्मिक तरिकाले देखाएकाे छ। 

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनयले जीवन भरेको देखिन्छ।

भिडियोमा हरिहर शर्माका अलावा दिनेश कोइराला र रमा खड्काको अभिनय रहेको छ।

गायककै अफिसियल युट्युब च्यानल लामिछाने ब्रदर्स इन्टरटेनमेन्टबाट बजारमा आएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad