कला


अधुरो कथाको सकसमा दीपक–दीपा

अधुरो कथाको सकसमा दीपक–दीपा

नेपालखबर
असार २५, २०७९ शनिबार ८:५, काठमाडौँ

कलाकार दीपकराज गिरी र दीपाश्री निरौला एकैपटक ३ फिल्मको कथामाथि काम गरिरहेका छन्। तर ३ मध्ये कुनै फिल्मको कथा पनि पुरा भएको छैन्। सबै फिल्मको अधुरो कथा बोकेर यो जोडी छायांकनमा निस्कन सकेको छैन। 

फिल्मको कथा पुरा छैन। कुनै फिल्मका पनि कलाकार पक्का भएका छैनन्। तर यो जोडीले फिल्म प्रदर्शन मिति भने होल्ड गरिरहेको छ।

आगामी दसैंमा आफ्नो फिल्म चलाउने बताउँदै आएका छन्। दीपक–दीपा अहिले ‘छक्का पन्जा ४’, ‘छोडपत्र’ तथा ‘श्री माग्ने राजा’ फिल्मको कथामा घोत्लिरहेका छन्। 

‘छक्का पन्जा ४’को कथा अलि अगाडी बढे पनि पूरा भएको छैन। फिल्मको कथा पुरा गर्न दीपकको टिम कहिले पोखरा त कहिले काठमाडौंका विभिन्न रिसोर्टमा बस्दै आएका छन्।

अहिले पनि उनको टिम काठमाडौंको गोकर्ण रिसोर्टमा बसेर कथा लेखिरहेका छन्। लगातार ३ फिल्मको काम गर्ने सोचमा रहेको दीपकको टिमले सबैभन्दा पहिला माग्ने राजाको छायांकन गर्ने तयारी गरेको छ। तर यसको पनि कथा अधुरो छ। 

दीपक–दीपाको ‘माग्ने राजा’लाई निर्देशक हेमराज बीसीले निर्देशन गर्ने छन्। त्यसपछि ‘छोडपत्र’ र ‘छक्का पन्जा ४’को छायांकन गर्ने उनीहरुको तयारी छ। तर फिल्मको कथा पूरा नहुँदा दीपक–दीपा चिन्तित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad