कला


निर्माताले नै चासो नदिएपछि केकीलाई केको चिन्ता?

निर्माताले नै चासो नदिएपछि केकीलाई केको चिन्ता?

नेपालखबर
असार २८, २०७९ मंगलबार ७:५५, काठमाडौँ

अभिनेत्री केकी अधिकारी आफूले अभिनय गरेका फिल्मका विषयमा ‘सिरियस’ हुने कलाकार हुन्। उनी भ्याएसम्म आफ्ना फिल्म प्रमोसनमा समय खर्चिन्छिन्। तर प्रदर्शनको तयारीमा रहेको ‘सिल्ली फोर’को प्रमोसनमा केकीको खासै सहभागिता देखिँदैन। 

केकीले शीर्ष भूमिकामा अभिनय गरेको ‘सिल्ली फोर’ यही असार ३१ गते देशभर प्रदर्शनको तयारीमा छ। फिल्मको ट्रेलर सार्वजनिकताका खुबै हल्लीखल्ली गरिएको थियो। 

त्यसपछि भने फिल्म निर्माण टिम पूरै सुस्ताएको छ। फिल्म रिलिज मिति नजिकिँदै गर्दा न फिल्मबारे दर्शकलाई थाहा छ, न त नायिकालाई नै प्रदर्शनको तयारी के कस्तो छ भन्ने थाहा छ। निर्माण पक्षले फिल्मको प्रचारमा चासो नदिँदा केकीलाई भने हाइसञ्चो भएको छ। 

यो फिल्मका लागि केकीले राम्रै पारीश्रमिक लिएकी थिइन। फिल्मको प्रमोसनमा साथ दिने कुरा पनि भएकै हो। तर निर्माण पक्ष नै सुस्ताएपछि केकीले प्रचारमा दौडनुपरेको छैन।  

यो फिल्म राजबहादुर सानेले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad