३ वर्ष अघि प्रदर्शन भएको फिल्म हो ‘ पोइ पर्यो काले’ यो फिल्मले उद्योगमा कमाइ गर्न सकेन।
तर ३ वर्षपछि फिल्मको सिक्वेल बन्ने भएको छ। दोस्रो सिक्वेल बन्दा फिल्मको नाम पनि परिवर्तन भएको छ।
पहिलो सिक्वेलका काले पोइ दोस्रो सिक्वेलमा बुढा भएका छन्।
दोस्रो सिक्वेलको नाम ‘ पोइ पर्यो बुढो’ राखिएको छ।
कमेडी ड्रामामा निर्माण हुने ‘पोइ पर्यो बुढो’ नाम चलचित्र विकास बोर्डमा दर्ता भैसकेको छ।
फिल्मको नाम दर्ता भएपनि यो फिल्ममा को शीर्ष भूमिकामा रहने भनेर पक्का भएको छैन। ‘पोइ पर्यो काले’मा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ललगायतका कलाकारको अभिनय रहेको थियो। दोस्रो सिक्वेलमा पूजा दोहोरिने भए पनि अन्य कलाकारको भने टुङ्गो लागेको छैन।
यो फिल्म दीपेन्द्र लामाले निर्देशन गर्ने छन्। फिल्ममा दयाहाङ राई देखिनै सम्भावना रहेको निर्माण पक्षले जनाएको छ।
Shares

प्रतिक्रिया