व्यवसायी तथा संगीतकार विकास राणाको ‘विकास राणाको गीत यात्रा’ काठमाडौंमा सम्पन्न भएको छ।
याक एण्ड यती होटलमा व्यवसायी विकास राणाको संगीतमय समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको हो। राणा नेपालको एभीएसन क्षेत्रका परिचित व्यक्ति हुनुका साथै सफल व्यवसायी पनि हुन्।
उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका गाए। समाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर ज.ब.रा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजीत बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदिद्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।
उक्त साङ्गीतिक समारोहमा शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’ को उद्घाटन गरिएको थियो। च्यानलमा राणाद्वारा गाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ।
नेपालको सफल व्यवसायी विकास राणाले आगामी दिनमा आफूलाई गीत सङ्गीत क्षेत्रमा समर्पण गर्ने सोच राखेका छन्।
Shares

प्रतिक्रिया