कला


पोखरामा राष्ट्रिय दोहोरी प्रतियोगिता

पोखरामा राष्ट्रिय दोहोरी प्रतियोगिता

नेपालखबर
साउन १२, २०७९ बिहिबार ७:४८, काठमाडौँ

पोखरामा आजबाट राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता सुरु हुने भएको छ।

‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’भन्ने नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको यो प्रतियोगिता साउन १४ सम्म चल्ने छ।
 
प्रतियोगितामा देशभरबाट ४६ टिमले सहभागिता जनाएका छन्।

प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालकाअनुसार प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

यो पुरस्कार नेपालमा दोहोरी तर्फको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः चार लाख रुपैयाँ, दुई लाख रुपैयाँ  र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमबाट ५५ लाख रुपैयाँ आम्दानी भई खर्च ३९ लाख ५० हजार रुपैयाँ कटाएर १५ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ।

प्रतियोगिताको पुरस्कारमा मात्र  १४ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad