नायिका आँचल शर्मा अहिल रोमानियामा छिन्। फिल्म ‘वर एन्ड वधु’ सुटिङका लागि उनी त्यहाँ पुगेकी हुन्।
रोमानियाबाट फिल्मका केही तस्बिर सार्वजनिक भएका छन्। जहाँ नायिका आँचल नवनायक विवेक कर्माचार्यको अँगालोमा देखिएकी छन्।
मिलन चाम्स निर्देशित यो फिल्मको रोमानिया छायांकन केही दिनमै सकिने चाम्सले बताएका छन्। सामाजिक कमेडी जनरामा निर्माण हुन लागेको फिल्मको केही सातादेखि रोमानियाको रमणीय दृश्यमा छायांकन भइरहेको छ। फिल्म सुटिङका लागि चाम्ससहितको जम्बो टोली रोमानिया पुगेको छ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्मको दृश्य सुदीप बरालले खिचिरहेका छन्। फिल्मका गीतमा विदेशी महिलाको कोरस नृत्यसमेत देख्न सकिने निर्देशक चाम्सले बताएका छन्।
405
Shares

प्रतिक्रिया