कला


ट्रोलको सिकार भए हरिहर

ट्रोलको सिकार भए हरिहर

नेपालखबर
साउन १६, २०७९ सोमबार ८:२, काठमाडौँ

ज्योतिष हरिहर अधिकारी आफ्नै अभिव्यक्तिका कारण ट्रोलको सिकार भएका छन्।

उनको अभिव्यक्तिलाई लिएर ट्वीटर र फेसबुक ट्रोल बनाउनेको संख्या बढिरहेको छ।

हरिहरले अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर भनेर अभिव्यक्ति दिए पश्चात ट्रोलको सिकार भएका हुन्। 

सामाजिक सञ्जालमा धेरैजसो मानिसले उनको कुरामा कुनै तथ्य नभएको अभिव्यक्ति दिएका छन्।

पडकास्टर सञ्जय गुप्तासँगको कुराकानीमा हरिहरले उक्त अभिव्यक्ति दिएका थिए।

उनले बोलेको उक्त कुरा अवैज्ञानिक भएको भन्दै सञ्जालमा चर्को आलोचना भएको हो।

गत महिना नायिका नीता ढुंगानासँग विवाह गरेका हरिहर फिल्म 'ह्रस्वदीर्घ' निर्माणको तयारीमा छन्।

आइतबार नीता बिरामी भएर अस्पताल भर्ना भएपछि यो जोडीको फिल्म निर्माण कार्य पछाडि धकेलिने संकेत देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad