नेपाली फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङ स्टार यो फिल्म असोज ७ गतेबाट नेपाल र भारतमा एक साथ प्रदर्शन हुन लागेको हो।
निर्माण टिमले सोमबार भारतीय संस्करणको पोस्टर सार्वजनिक गर्दै एउटै मितिमा प्रदर्शन हुने जानकारी दिएको हो।
यो फिल्म भारतमा ‘विश्वजितम’ नामबाट रिलिज हुने प्रचार गरिए पनि ‘प्रेमगीत ३’कै नामबाट प्रदर्शन हुने पनि निर्माण टिमले जनाएको छ।
व्यवसायिक रुपमा फाइदा हुने देखिएको भन्दै ‘प्रेमगीत ३’नामले नै प्रर्दशन गर्ने निर्णय गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए।
जी–म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टको चलचित्रलाई भारतभर रिलिज गर्न लागेको हो।
हल रिलिजको दुई महिनापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ।
निर्माताले महंगो मूल्यमा यो फिलम भारत प्रदर्शनका लागि बिक्री गरेको छ।
मधु इन्टटेनमेन्ट र यूएफओले फिल्मलाई नेपाल बाहेक विश्वभर रिलिज गर्ने भएको छ।
फिल्ममा सन्तोषले छेतेन गुरुङसँग निर्देशन सहकार्य गरेका छन्।
Shares

प्रतिक्रिया