कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ।
यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो।
तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए। दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए।
उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन्।
यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो।
नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन्।
कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए।
उनकाअनुसार प्रतियोगिताको विजेता समूहले छ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी उपविजेता समूहले चार लाख रुपैयाँ, तृतीय हुन सफल दुई समूहले डेढ–डेढ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो।
विसं २००३ साउन १२ गते पोखरामा जन्मिएका शेरचनको विसं २०६७ माघ २४ गते निधन भएको थियो।
Shares

प्रतिक्रिया