नेपाली फिल्मकी नायिका गौरी मल्लले सौन्दर्य प्रशाधनका सामग्री खासै प्रयोग नगर्ने बताइन्। आइतबार थापाथलीस्थित ‘ऐना युनिसेक्स सैलुन’को वार्षिक उत्सव मनाउने क्रममा उनले आफ्नो पहिलो थ्रेडिङ अनुभव समेत शेयर गरेकी छिन्।
गौरी आफ्नो पहिलो फिल्ममा काम गर्ने क्रममा पहिलो पटक अनुहारको रौं थ्रेडिङ गरेको बताएकी छिन्। उनले थ्रेडिङ गर्नुअघि निक्कै पातलो र मसिन अनुहारको रौं बाक्लो भएको बताउँदै ‘होल फेस’ थ्रेडिङ गर्दा ध्यान दिनु पर्ने संकेत गरिन्। त्यसपछि भने नियमित रुपमा थ्रेडिङ गर्दै आएको गौरीको भनाई छ।
उनले केटीको सुन्दरता हेरेर भ्रममा नपर्न समेत सुझाव दिएकी छिन्। भन्छिन्, ‘जति सुन्दर महिलाको पनि जुँगा चाहिँ हुन्छ। थ्रेडिङ गरेर क्लिन बनाएका हुन्छन्। त्यसैले अनुहारको सुन्दरता हेरेर भ्रममा नपर्नु होला।’
आफूलाई खासै मेकअप मन नपर्ने भएपनि फिल्मको भूमिका अनुसार सौन्दर्य सामग्री प्रयोग गर्नु पर्ने बाध्यता रहेको सुनाउँदै गौरीले भनिन् ‘मेरो क्यारेक्टर अनुसारको लुक्स मेकअपले दिने हो।’
तर आफैँले व्यक्तिगत रुपमा सौन्दर्य सामग्रीमा खासै खर्च नगर्ने गौरीले बताइन।
Shares

प्रतिक्रिया