ad ad

कला


आर्यनको फिल्म ’सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

आर्यनको फिल्म ’सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार ८:०, काठमाडौँ

अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन्।

निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच सम्झौता भएको छ। मुम्बईमा दुई बीच नेपाली फिल्म ‘सायरा’मा सहकार्य गर्ने सम्झौता भएको हो। निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली. को तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँ ताका फिल्म छायांकन हुने बताए।  

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो। बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ। उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ’ मुम्बईमा रहेका निर्माता रघुले भने।

निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए। ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ। सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ। नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ’ निर्देशक देसाईले भने। उनी अहिलेसम्म नेपाल नआएता पनि नेपाली जीवनशैलीसँग परिचित रहेको प्रतिक्रिया दिए।

निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन्। यस्तै उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गरे। उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेम मार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए। 

फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केहि अगाडी मात्र अनुबन्धित भइसकेका छन्। नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुने छ। फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन्। आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ। फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए। 

उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए। फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए। ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ’ प्रस्तुतकर्ता रघुले बताए।

उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए। फिल्मको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .