कला


विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी

विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार ७:३२, काठमाडौँ

अभिनेता विपिन कार्कीविरुद्ध उजुरी परेको छ। उनीविरुद्ध नेपाली फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाले चलचित्र निर्माता संघमा उजुरी दिएका हुन्। सुवासले विपिनबाट क्षतिपूर्तिको माग गर्दै संघमा उजुरी दिएका छन्। 

कास्कीमा ‘प्रसाद २’ छायांकनका क्रममा भएको विवाद अन्तत: निर्माता संघमा पुगेको हो। फिल्म छायांकन भएको सुरुकै दिन विपिन सेट छाडेर हिँडेका थिए। त्यसयता फिल्म अलपत्र परेको छ। आफ्नो फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेको बताएका छन्।

‘प्रसाद २’ छाडेर हिँडेका विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छन्। उता थापाको ‘प्रसाद २’ भने अनिश्चित बनेको छ। विपिनले यो फिल्मका लागि थापासँग सहकार्य गर्न नसक्ने बताइसकेका छन्। उनले फिल्म छाडेलगत्तै भनेका थिए, ‘उहाँसँग अरु प्रोजेक्टमा सहकार्य हुन सक्ला, प्रसाद २ मा हुँदैन।’

सुवास थापाको प्रोडक्सनमा फिल्म निर्माणको तयारी भए पनि निर्माताका रूपमा केशव पाण्डे भित्रिएका थिए। विपिनले आफ्नो पारिश्रमिक सुनिश्चित नभएको भन्दै फिल्म छाडेका थिए। उजुरीपश्चात् निर्माता संघले विपिन र सुवासलाई छलफलका लागि बोलाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad