कला


किम्फ फिल्म प्रदर्शन सुरु

किम्फ फिल्म प्रदर्शन सुरु

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १३:३९,

काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ सुरु भएको छ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा सहभागी डकुमेन्ट्री फिल्महरुको प्रदर्शन र समीक्षा हुनेछ। मंसीर २९ गतेसम्म सञ्चालन किम्फले यस पटक सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ।

किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेको छ। यसमा छानिएका १० उत्कृष्ट चलचित्रहरुको प्रदर्शन गरिनेछ। महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन पनि हुने भएको छ। फिल्म फेस्टिवलको उद्घाटन सत्रमा बोल्दै हिमाल एशोसियसनका बसन्त थापाले २९ देश, ६६ चलचित्र प्रदर्शन हुने जानकारी दिए।

फेस्टिवलमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिनेछ। किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए। प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन्। यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको ’आमा खान्डो’, गणेश पाण्डेयको ’हसबेन्ड’, निपिल शर्माको ’अतिसर्ग’, केदार श्रेष्ठको ’जुनुको जुत्ता’ लगायतका चलचित्र रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad