कला


आर्यन र सुफियाको सायरा घोषणा

आर्यन र सुफियाको सायरा घोषणा

नेपालखबर
भदौ २९, २०७९ बुधबार ८:६, काठमाडौँ

नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ। ‘सायरा’ मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ। 

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी रहेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी  भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुस्करले बताए। 

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। ‘मलाइ निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु। हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ’ उनले बताए। फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिनु भएको भन्दै पुस्कर र विशाललाई धन्यवाद दिए। 

‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु। हामीले यसलाई हिन्दी भाषामा ओटीटी मार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ। हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ’ प्रस्तुतकर्ता रघुले बताए। 

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ। फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघुले बताए। फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए। ‘फिल्म कसरी बन्छ सँगै कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट छ। त्यसैले पनि काम गर्न उत्साहित छु’ आर्यनले भने। 

डान्सीङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्म मार्फत डेब्यु गर्दैछिन्। उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन। ‘म राम्रो डेब्युको खोजीमा थिएँ। भने झैँ टिम पाउँदा डेब्यु गर्दैछु। भूमिका पनि सुहाउँदो छ’ उनले भनिन्। दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ। यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ।

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन्। यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो। उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म निर्माण गर्न लागेको बताए।

कार्यक्रममा उपस्थित हुन् नपाउँदा दुखी रहेको भिडियो संदेश सुफिया सिद्दिकीले पठाएकी छिन् उनले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको भन्दै ‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु। यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ बताइन्।

फोटो सौजन्य : ज्ञानु राई
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad