कला


फागुन ५ : नेपाली सिनेमा घरमा त्रिपक्षीय भिडन्त

फागुन ५ : नेपाली सिनेमा घरमा त्रिपक्षीय भिडन्त

नेपालखबर
कात्तिक २, २०७९ बुधबार ९:९, काठमाडौँ

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘फूलबारी’ले रिलिज मिति तय गरेको छ। यो फिल्म आगामी फागुन ५ देखि अल नेपाल रिलिजको तयारीमा निर्माण पक्ष लागेको छ। फिल्मको रिलिज मितिको औपचारिक घोषणा भने हुन बाँकी छ।

‘फूलबारी’ टिमले यो फिल्म बैशाख १ मा रिलिज गर्ने लक्ष्य राखेको थियो। तर निर्देशक गुरुङले फागुन ५ लाई रिलिज मिति लक गरेका छन्।

गुरुङको ‘फूलबारी’ दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की र शिल्पा मास्केले शिर्ष भूमिका निर्वाह गरेका छन्। पारिवारिक कथामा निर्माण भएको यो फिल्मले फागुन ५ मै रिलिज भएको खण्डमा अर्को पारिवारिक फिल्म ‘परदेशी २’सँग भिड्नु पर्ने छ।

नारायण रायमाझीको निर्देशनमा बनेको ‘परदेशी २’ले यसअघिनै यो मिति लक गरिसकेको छ। ‘परदेशी २’ मार्फत गायक प्रकाश सपुत नायकका रुपमा देखिदैछन्। यो फिल्ममा गायक सुपतलाई नायिका केकी अधिकारीले पर्दामा साथ दिएकी छन्। 

यही मितिमा अर्को फिल्म ‘लन्डन टु पेरिस’ले पनि रिलिज डेक पक्का गरेको छ। साम्राज्ञी शाह अभिनित यो फिल्म घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। फिल्ममा साम्राज्ञीका साथमा गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले शीर्ष भूमिकामा अभिनय गरेका छन्। 

यी सबै फिल्मको रिलिज मिति नसरेको खण्डमा फागुन ५ मा नेपाली सिनेमा घरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad