ad ad

कला


परिजिताको अर्को उत्कृष्ट प्रस्तुति, सबै भए भावुक (भिडिओ)

परिजिताको अर्को उत्कृष्ट प्रस्तुति, सबै भए भावुक (भिडिओ)

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १२:५७, काठमाडौँ

नेपाली मूलकी परिजिता बाँस्तोलाले अमेरिकी द भ्वाइसमा दिएको पछिल्लो प्रस्तुतिले पनि सबैको मन जितेको छ। उनले सोमबार दिएको प्रस्तुतिलाई चारै जना प्रशिक्षकले उभिएर सम्मान प्रकट गरेका थिए। 

अमेरिकन भ्वाइसको २२औँ संस्करणको उत्कृष्ट १६ पुगेकी परिजिताको अगामी यात्रा भने भोटले निर्धारण गर्ने भएको छ। सुरुबाटै उत्कृष्ट प्रस्तुति दिइरहेकी परिजिता सोमबार पनि नेपाली पोसाकमै मञ्चमा उभिएकी थिइन्। 

उनले लेडी गागाको ‘आई विल नेवर लभ अगेन’ भावुक मुद्रामा प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुतिले सबै भावुक हुनुका साथै उनको प्रशंसा गरेका थिए। उनले चारै प्रशिक्षिकको स्ट्यान्डिङ ओभेसन पाएकी थिइन्। 

परिजितालाई भोट गर्न अमेरिका बाहिरबाट  http://Nbc.com/voicevote मा गएर आफ्नो इमेल प्रयोग गरी आफ्नो परिचय बनाएर भोट गर्न सकिन्छ। एकजनाले १० पटकसम्म भोट गर्न सक्ने छन्। अमेरिकाबाट भने App Store/ Play store df The Voice App डाउनलोड गरेर एउटा उपकरण डिभाईसबाट १० पटक सम्म भोट गर्न सकिन्छ। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .