‘कबड्डी’ फिल्म खेलेर चर्चामा आएकी नायिका हुन् रिश्मा गुरुङ। फिल्म उद्योगमा राम्रो कलेक्सन गर्न सफल ‘कबड्डी’मा मैयाको भूमिकामा देखिएकी रिश्तालाई दर्शकले खुब मन पराए। तर उनले धेरै फिल्म खेलिनन्।
फिल्मी क्षेत्रमा करिअर स्थापित गर्नु भन्दा उनले प्रेमीसँग घर बसालिन्। ३ वर्षअघि सन्दीप गुरुङसँग लगनगाँठो कसेरी रिश्मा मिडियामा उति साह्रै चर्चामा आउँदिनन्।
अमेरिकी वायुसेनामा कार्यरत सन्दीपसँगको ५ वर्ष लामो प्रेमलाई विवाहका परिणत गरेकी रिश्मा त्यहि समयदेखि फिल्ममा पनि देखिएकी छैनन्।
उनै रिश्मा श्रीमानसँग अमेरिका उडेकी छिन्। सामाजिक सञ्जालमा श्रीमानसँगको तस्बिर सेयर गर्दै अमेरिका प्रस्थान गरेको उल्लेख गरेकी छिन्।
उनले फेसबुकमा लेखेकी छिन् ‘लाहुरै चलियो लाहुरेसँग। फेरि भेटौंला। बाइ बाइ नेपाल।’
249
Shares
प्रतिक्रिया