कला


करिनाले करिअरको २० वर्षसम्म नगरेको यो काम आमिर खानको फिल्मका लागि गरिन्

करिनाले करिअरको २० वर्षसम्म नगरेको यो काम आमिर खानको फिल्मका लागि गरिन्

नेपालखबर
पुस १०, २०७६ बिहिबार ८:५३,

बलिउडकी स्टार अभिनेत्री करिना कपुर खान विगत २० वर्षदेखि बलिउडमा सक्रिय छिन्। २० वर्षै करिअरमा उनले एकपछि अर्को सफल चलचित्र दिएकी छन्।

सन् २००० मा ‘रिफ्युजी’बाट बलिउड डेब्यू गरेकी करिना अहिले करियरको उचाइमा छन्। उनी अहिले बलिउडकी सफल नायिकामध्ये एक हुन्।

करिअरको २० वर्षमा करिनाले कुनै पनि फिल्मका लागि अडिसन दिनु परेन। अडिसनविनै उनलाई एकपछि अर्को गरेर फिल्महरु मिल्दै गए। तर, हालसालै करिनाले एक फिल्मका लागि अडिसन दिनु परेको छ। ‘लालसिंह चड्ढा’ नै त्यो फिल्म हो जसका लागि करिनाले पहिलोपटक अडिसन दिनुप¥यो।

Image result for करिना कपुर र आमिर खान

एक अन्तर्वार्तामा करिनाले भनेकी छन्, ‘लालसिंह चड्ढा मेरो करिअरको पहिलो फिल्म हो जसका लागि मैले अडिसन दिनुपर्‍यो।’ उनले आमिर खानबाहेक अरुका लागि यस्तो नगर्ने समेत बताएकी छन्। ‘म अन्य कुनै व्यक्ति र फिल्मका लागि यो गर्दिनथेँ, केबल आमरबाहेक’, उनले भनेकी छन्।

लालसिंह चढ्डा हलिउडको चर्चित फिल्म ‘गम्प’को रिमेक हो। यो फिल्ममा टाँम हैङ्क्सको भूमिका आमिर खानले निभाउँदै छन्। करिना फिल्ममा आमिरको अपोजिट करिना कपुर रहेकी छन्। अहिले फिल्मको सुटिङ सुरु भइसकेको छ। यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज गरिने भएको छ।

करिना कपुर अभिनित नयाँ फिल्म ‘गुड न्युज’ यही डिसेम्बर २७ बाट सार्वजनिक हुँदैछ। फिल्ममा करिनाका साथमा अक्षयकुमार, दिलजीत दोसांझ र कियारा आडवाणी मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad