थापागाउँस्थित मण्डला थिएटरले १४ वटा नाटक निर्माण गर्ने भएको छ।
सन् २०२४–०२५ मा १४ वटा नाटकहरू निर्माण गरेर मञ्चन गर्नेछ। सोही निर्णयअनुसार शुक्रबार पहिलो चरणका सात नाटकका निर्देशकको नाम घोषणा गरेको छ।
पहिलो चरणको निर्देशकको सूचीमा अनुप बराल, पशुपति राई, अनिल सुब्बा, नाजिर हुसेन, केदार श्रेष्ठ, प्रवीण खतिवडा र किरण चाम्लिङ राई रहेका छन्। चाडै बाँकी सात निर्देशकको नाम पनि चाँडै घोषणा गरिएको छ।
आगामी माघदेखि मञ्चन हुने नाटकहरू फरक फरक कथामा बन्नेछन्।
सिर्जनाका साथै नाटकले निरन्तर पाओस् भन्ने उद्धेश्यले यो योजना सुरु गरिएको हो। नाटकको अवधारणा र सिर्जना निर्देशककै भएपनि निर्माणमा भने मण्डलाले खर्च गर्नेछ।
171
Shares

प्रतिक्रिया