भारतमा चर्चित हाँस्य टेलिसिरियल ‘तारक मेहता का उलटा चस्मा’ का अभिनेता बेपत्ता भएका छन्।
५० वर्षीय गुरुचरण सिंह सम्पर्कविहीन भएका हुन्। उनका पिताले प्रहरीमा यसबारे उजुरी दिएको दिल्ली प्रहरीले बताएको छ।
अप्रिल २२ मा दिल्लीस्थित घरबाट मुम्बई जान भन्दै उनी हिँडेका थिए। बिहान साढे ८ बजे उनी विमानस्थलतर्फ लागेका थिए।
तर, उनी मुम्बई पुगेनन्। उनको फोनमा सम्पर्क हुन नसकेको उजुरीमा उल्लेख छ।
उनको खोजीका लागि अलगअलग टोली परिचालन गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले उनको खोजी गर्न सीसीटीभी फुटेज नियालिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन्। एजेन्सी
369
Shares
प्रतिक्रिया