कला


नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो?

नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो?

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १५:३, काठमाडौँ

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले ६ करोड ६९ लाख व्यापार गरेको छ। फिल्मले प्रदर्शनको ९ दिनसम्म देशभरिबाट ६ करोड ६९ लाख ग्रस कलेक्सन गरेको हो।

पहिलो साता बिहीबारसम्म यस फिल्मले ५ करोड ५४ लाख कमाइ गरेको थियो। फिल्मले दोस्रो शुक्रबार ४५ लाख र शनिबार ७० लाख कमाएको छ।

आइतबारका शोहरूमा पनि दर्शकहरुको राम्रै उपस्थिति रहेको निर्माणटिमले जनाएको छ। यद्यपी, आइतबारको कलेक्सन भने सार्वजनिक गरिएको छैन।  

चन्द्र पन्त निर्देशित यो फिल्म कात्तिक ३० गतेबाट ‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच रिलिज भएको थियो। नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।

यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad