जेनी सुनुवारको निर्देशनमा नाटक ‘द स्ट्रङ्गर’ मञ्चन हुने भएको छ।
ललितपुरस्थित महालक्ष्मीस्थान थसिखेलमा रहेको थिएटर भिलेज नेपालमा यो नाटक पुस २६ देखि मञ्चन हुने भएको हो।
नाटक ‘द स्ट्रङ्गर’ एक स्विडिस नाटक हो, जसलाई अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेखेका थिए। जेनी सुनुवारले यसै नाटकलाई नेपालीमा ढालेका हुन्।
यस नाटकको परिकल्पनाकारदेखि निर्माता समेत सुनुवार नै हुन्।
‘द स्ट्रङ्गर’ आफ्ना सीमितता चुनौती पेस गर्दै तयार गरिएको शारीरिक नाट्यप्रस्तुति हो।
यस नाटकले सत्ता-शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाको अवधारणामा प्रश्न गर्ने उद्देश्य राख्छ।
नाटकले ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकामा प्रश्न गर्दै समाजले परिभाषा गरेका सत्ता-शक्ति, सौन्दर्य र प्रभावका स्थापत्यमा आलोचनात्मक मत राखेको छ।
नाटक दुई पात्रको प्रतीकात्मकता वरिपरि बनाइएको छ, जसमा एकले शरीरको प्रतिनिधित्व गर्छ (रातो लुगामा) र अर्कोले आत्माको प्रतिनिधित्व गर्छ (सेतो लुगामा)।
यी दुई पात्रबीच उत्पन्न तनावलाई नै केन्द्रीय द्वन्द्वका रूपमा प्रस्तुत गरिएको छ, जसमार्फत संसारलाई हेर्ने महिलाको दृष्टिकोण उजागर गरिएको छ।
नाटकमा निर्देशक सुनुवारसहित सञ्जीव राई, सरगम राई, बालाहाङ राई मञ्चमा देखिनेछन्।
थिएटर भिलेजको नेपालको प्रस्तुति रहेको नाटक माघ १२ गतेसम्म चल्नेछ।
Shares

प्रतिक्रिया