कला


अर्जुन बाजवाले सारासँगको प्रेम सम्बन्धमा पहिलोपटक मुख खोले

अर्जुन बाजवाले सारासँगको प्रेम सम्बन्धमा पहिलोपटक मुख खोले

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १२:३८, काठमाडौँ

भारतीय अभिनेत्री सारा अली खान प्रेमसम्बन्धका कारण चर्चामा छिन्। यसैबीच, उनका प्रेमी अर्जुन बाजवाले पहिलोपटक सारासँगको सम्बन्धलाई लिएर मुख खोलेका छन्। 

यसबारे जनताले जे मन लाग्छ लेख्नुपर्ने उनको भनाइ छ। जुन विषयले अर्जुनलाई केही फरक पर्देन। एक अन्तर्वार्तामा अर्जुनले भने, ‘मानिसहरूले जे लेख्न चाहन्छन्, उनीहरूले लेख्छन्। यो उनीहरूको काम हो। उनीहरुले आफ्नो काम गरिरहेका छन्। म आफू मैले के गर्नुपर्छ भन्ने कुरामा मात्र ध्यान दिन्छु। साँच्चै यी सबैले मलाई चिन्तित गर्दैन।’

त्यस्तै, साराले अर्जुनसँगको आफ्नो सम्बन्धको बारेमा कहिल्यै कुरा गरेकी छैनन्। उनले न त अफवाह पुष्टि गरेकी छन् न त खण्डन नै। सारा चर्चित भारतीय अभिनेता सैफ अली खानकी छोरी हुन्।
 
सारा र अर्जुनको डेटिङको खबर पनि त्यतिबेला बाहिर आएको थियो, जब दुवै जना सँगै केदारनाथ दर्शन गर्न गएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु दुबैले पहाडी मन्दिरको दर्शन गरेका थिए। उनीहरुले तस्विरहरु पनि सेयर गरेका थिए, त्यसपछि उनीहरु दुबै एकअर्कालाई डेट गरिरहेको चर्चा सुरु भएको थियो।

अर्जुन प्रताप बाजवा राजनीतिज्ञ फतेहजंग सिंह बाजवाका छोरा हुन्, जो हाल पञ्जाबमा भारतीय जनता पार्टीका उपाध्यक्ष छन्। अभिनेता, मोडल र गायक हुनुका साथै उनी राजनीतिज्ञ पनि हुन्। 

उनले उद्योगका धेरै ठूला फेसन डिजाइनरको शोमा र्‍याम्प वाक गरे। यसबाहेक उनले अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिङ’ मा सहायकको रुपमा काम गरिसकेका छन्। भर्खरै उनको पहिलो फिल्म ‘ब्यान्ड अफ महाराजा’ लागि मनोनयनमा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad