कला


चीनमा छचल्किएको ६० वर्षे आमिर र गौरीको प्रेम (भिडिओ)

चीनमा छचल्किएको ६० वर्षे आमिर र गौरीको प्रेम (भिडिओ)

नेपालखबर
चैत ३१, २०८१ आइतबार २०:२७, काठमाडौँ

बलिउड अभिनेता आमिर खान ६० वर्षको उमेरमा नयाँ प्रेमिका बनाएका कारण चर्चामा छन्।

यसैबीच आफ्नी प्रेमिका ४६ वर्षीया गौरी स्प्राटसँगको उनको भिडिओ भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको क्लिप शनिबार चीनमा आयोजित मकाउ अन्तर्राष्ट्रिय कमेडी महोत्सवको हो।

जहाँ आमिर खान आफ्नी प्रेमिका गौरी स्प्राटसँग सार्वजनिक उपस्थितिमा देखिएका छन्। उनीहरू एकअर्काको हात समातिरहेका छन्।

गौरीले आमिरको हात समात्छिन् र दुवै जना तस्बिरका लागि पोज दिन्छन्। पोज दिँदा आमिर खानले पूरै समय गौरीको हात समातेर बसे भने गौरी निरन्तर उनलाई हेरिरहेकी थिइन्।

भिडिओ-

अन्तर्राष्ट्रिय कमेडी फिल्म महोत्सवमा आमिर खानलाई मास्टर ह्युमर अवार्डबाट सम्मान गरिएको थियो। 

आमिरले आफ्नी प्रेमिका गौरीलाई पहिलोपटक आफ्नो ६०औँ जन्मदिनको अघिल्लो दिन अर्थात् यही २०२५ मार्च १३ तारिखमा सार्वजनिक गरेका थिए। त्यसयता उनी प्रेमिका गौरीसँग खुला रूपमा सँगै देखिन थालेका हुन्।

को हुन् आमिरकी प्रेमिका गौरी स्प्राट?

बैंगलोरकी गौरी स्प्राट आमिर खानको प्रोडक्सनमा काम गर्छिन् र हेयरड्रेसिङ व्यवसाय पनि गर्छिन्। उनी र आमिर २५ वर्षदेखि एकअर्कालाई चिन्छन्।

तर डेढ वर्षअघि आमिरका काकाले भेट गराइदिएपछि उनीहरू एकअर्कासँग नजिकिए। गौरी स्प्राटको पहिलो विवाहबाट ६ वर्षका छोरा पनि छन्।

उता आमिरले पनि यसअघि दुईपटक बिहे गरिसकेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन्। 

रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन्। तर आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad