कला


‘महाभोज’ले ल्यायो आमाहरूमा समर्पित मार्मिक भिडिओ

‘महाभोज’ले ल्यायो आमाहरूमा समर्पित मार्मिक भिडिओ

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:३९, काठमाडौँ

जेठ १५ गतेबाट प्रदर्शन हुने फिल्म ‘महाभोज’ निर्माण टिमले आमाहरूलाई समर्पण गर्दै एक भिडिओ सार्वजनिक गरेको छ। 

सार्वजनिक भिडिओमा दयाहाङ राई र वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ। 

भिडिओमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन्। 

वसुन्धराले दयालाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन्। त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन्। उक्त रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ।

चलचित्र ‘महाभोज’को टिजरमा पनि दयाहाङ सहकारीका अध्यक्षको भूमिकामा देखिएका थिए, जहाँ उनले बचतकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन्। 

दिनेश राउत निर्देशित यस फिल्ममा नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गरिएको छ। निर्देशकका अनुसार, चलचित्र पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन्। फिल्मको कथा तथा पटकथा सुवेदीले लेखेका हुन्। 

यस फिल्ममा दयाहाङ र वसुन्धरासहित आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने लगायतको अभिनय छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad