जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी घटनापछि धेरै कलाकारले आफ्ना कार्यक्रम रद्द गरेका छन्।
हलिउड अभिनेता तथा हास्य कलाकार केभिन हार्टले दिल्लीमा आयोजना हुने आफ्नो कार्यक्रम पनि स्थगित गरेका छन्। आतंकवादी हमलामा निर्दोषको ज्यान गएपछि उनले यस्तो निर्णय लिएका हुन्।
आइतबार, डिस्ट्रिक्ट बाई जोमाटोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत दिल्लीमा केभिन हार्टको कार्यक्रम रद्द गरेको उल्लेख गरेका छन्।
सलमान खान, शाहरुख खान, प्रियंका चोपडा, ऋतिक रोशन, आलिया भट्ट, अक्षय कुमार लगायतका कलाकारले पनि यस घटनाप्रति समवेदना व्यक्त गरेका छन्।
228
Shares

प्रतिक्रिया