कला


‘मोहर’को फस्टलुक पोस्टर सार्वजनिक

‘मोहर’को फस्टलुक पोस्टर सार्वजनिक

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १४:३, काठमाडौँ

साउन २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहलाई देख्न सकिन्छ। यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा समेटिएका छन्। 

पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ। बेनिशाको अनुहारमा डर भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन्। फिल्मको पोष्टरमा यसको नाम र लोगोलाई ठूलो स्थान दिइएको छ। 

यस फिल्ममा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। 

फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ। लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad