इन्द्रबहादुर राईको कथामा आधारित फिल्म फिल्म ‘जार’ वैशाख २६ गते रिलिज हुँदैछ। यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा मुख्य भूमिकामा छन्।
नेपालमा मात्रै होइन उनले बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी छिन्। उनी राष्ट्रिय अवार्ड विनर आर्टिस्ट पनि हुन्। ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता पनि हुन् उनी।
यतिमात्रै होइन नेटफ्लिक्सका प्रयोगकर्ताका लागि परिचित नाम हो, गीताञ्जली। नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छन्।
उनी अभिनीत नेपाल र भारतमा मात्रै होइन विश्व फन्को मारिसकेका छन्। विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा उनका चलचित्र स्क्रिनिङ भइसकेका छन्। वर्ल्ड सिनेमाका दर्शकले गीताञ्जलीका चलचित्र हेरिसकेका छन्।
गीताञ्जली अभिनित सिनेमा टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वचर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। त्यसैले उनको अभिनयको कुशलताले ‘जार’लाई थप उचाइ दिएको निर्माणपक्षकाे दाबी छ।
‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हो। ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए।
‘जार’लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। यसले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई समेटेको छ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ। यो चलचित्रले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाको भनाइ छ।
Shares

प्रतिक्रिया