फिल्म ‘सुम्निमा’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। मिलन चाम्सको निर्देशनमा बन्ने यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्।
उपासना अनुबन्ध भएसँगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागि अडिसन आव्हान गरिएको छ। २० देखि २६ वर्ष उमेरका युकेमा रहेक युवकले अडिसनमा भाग लिन सक्नेछन्। प्रेमकथामा आधारित यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण गरिनेछ।
निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए। ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ उनले भने।
नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन सुरु हुनेछ। चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ। फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ। चलचित्रका अन्य प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताए।
यतिखेर चाम्सको निर्देशन बनेको बायोपिक फिल्म ‘अञ्जिला’ प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ। यस फिल्मले १० करोड बढी व्यापार गरिसकेको छ।
Shares

प्रतिक्रिया