कला


राष्ट्रिय दोहोरी गीत आइडल- २०८२ हुने

राष्ट्रिय दोहोरी गीत आइडल- २०८२ हुने

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १२:४२, काठमाडौँ

काठमाडौँमा ‘राष्ट्रिय दोहोरी गीत आइडल २०८२’ आयोजना हुने भएको छ। साँस्कृतिक समाज नेपालले आगामी जेठ २६, २७ र २८ गते कार्यक्रम गर्न लागेको हो।

प्रतियोगीतामा दोहोरी साँझमा आबद्ध कलाकारले सहभागिता जनाउन पाउनेछन्। 

प्रतियोगीताका सल्लाहकार देउडा गायक नन्दकृष्ण जोशीले यस्ता प्रतियोगिताले लोक दोहोरी क्षेत्रलाई फराकिलो बनाउने बताए। 

‘नेपालको सौन्दर्यताको बारेमा कसैले सटिक रुपमा परिचय दिन्छ भने त्यो लोक दोहोरीले नै दिन्छ,’ जोशीले भने, ‘अहिले दोहोरीमा छाडा शब्दको प्रयोग भएको पनि कहिँ कतै देख्छु। पहिले पहिलेका कलाकारले हिट हुनलाई त्यस्तो गर्दैनथे। तर अहिलेका कतिपयले संस्कृति बचाउन खोजेको देखिँदैन।’  

राष्ट्रिय लोक दोहोरी गीत आइडलका संयोजक चन्द्र शर्माले देशैभरी छरिएका दोहोरी साँझहरुबाट प्रतियोगितामा कलाकारहरुले सहभागीता जनाउन सक्ने जानकारी दिए। उनले भौगोलिक हिसाबमा जहाँसुकैबाट भाग लिन सकिने तर दोहोरी साँझको प्रतिनिधित्व गरेको हुनुपर्ने नियम सुनाए। 

प्रतियोगीतामा भाग लिनका लागि प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको छ। उत्कृष्ट हुने बिजेता टिमले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद प्राप्त गर्नेछन्। 

यस्तै दोस्रो हुने टिमले एउटा स्कुटरसहित २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार पाउने छन्। बीबीटीएम फाउन्डेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगीताको फाइनल भने नगरकोटको बताडे डाँडामा सम्पन्न हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad