कला


जेठ १४ गतेबाट हुँदै किम्फ, ३० देशका ६५ फिल्म प्रदर्शन हुने

जेठ १४ गतेबाट हुँदै किम्फ, ३० देशका ६५ फिल्म प्रदर्शन हुने

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १४:२५, काठमाडौँ

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औं संस्करण हुने भएको छ। महोत्सव काठमाडौँमा जेठ १४ देखि १८ सम्मसम्म महोत्सव आयोजना हुनेछ।  

यसपटक किम्फ ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जिएए हलमा आयोजना हुने निर्माणटिले जनाएको छ। ‘खण्डित आवाज, जोडिदै कथाहरू’  नारा अन्तर्गत ३० देशका ६५ भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्।

किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुल्न सफल भएका फिल्महरू विशेषगरी नेपाली दर्शकका लागि ल्याएको छ। त्यससँगसँगै नेपाली फिल्महरूको छनोटमा स्वदेशी प्रतिभाले बनाएका फिल्महरू प्रदर्शन हुनेछन् जसले समकालीन नेपालको कथा देखाएका छन्।

‘यसपालिको फिल्म र कार्यक्रमहरूमार्फत नेपाली दर्शकहरूलाई मनोरञ्जन गराउनको साथसाथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरू होस् भन्ने हाम्रो उद्देश्य रहको छ,’ किम्फ फाउण्डेसनको अध्यक्ष रम्यता लिम्बूले भनिन्।

‘बिट्विन द माउन्टेन एण्ड द स्काइ’ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरू हुनेछ। नेपालमै पहिलो पटक प्रदर्शन हुन लागेको जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यत्तिगत जीवनलाई नजिकबाट देखाउँछ।

नेपाल–चीन मित्रताको ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजांग प्यानोरमामा फिल्महरू प्रदर्शन गर्दैछ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ।

यसपालिको संस्करणमा निर्णायकमण्डलका रूपमा फिल्म र टेलिशृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र फिल्म प्रोग्रामर जिना ली (दक्षिण कोरिया) रहेका छन्। निर्णायकमण्डलले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन्। नेपाली फिल्ममध्ये उत्कृष्ट वृत्तचित्र ६ र उत्कृष्ट आख्यान ११ चयन गर्नेछन्।

अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय फिल्मलाई १००० अमेरिकी डलर पुरस्कृत गरिनेछ।

नेपाली फिल्ममध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रूचाएको फिल्मलाई सबैलाई एक लाख रूपियाँ पुरस्कार दिइनेछ। यो वर्ष केयू उदयवान फिल्मकर्मीलाई पनि १००० अमेरिकी डलर दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad