चर्चित कमेडियन मेक्सम गौडेलको स्वास्थ्यमा समस्या देखिएको छ। गौडेलको प्याङ्क्रियाजमा घाउ भएपछि यतिखेर उनी दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत छन्।
केही दिनदेखि बिरामी उनी केहीदिनदेखि फलोअप उपचार गराइरहेका छन्। ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीका अनुसार अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
भण्डारीले भने,‘अहिले उहाँ फलोअपमा जानुभएको छ। स्वास्थ्यमा क्रमिकरुपमा सुधार भैरहेको छ।’
गत २ महिनादेखि उनी प्याङ्क्रियाजको समस्याबाट पीडित छन्। यसअघि पेटमा दुखाइ भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा झण्डै दुइ साता भर्ना भएका थिए।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरिसकेका छन्।
Shares

प्रतिक्रिया