कला


अजय देवगन स्टारर फिल्म ‘रेड २’ ले कति कमायो?

अजय देवगन स्टारर फिल्म ‘रेड २’ ले कति कमायो?

नेपालखबर
जेठ १२, २०८२ सोमबार १६:३९, काठमाडौँ

अजय देवगन स्टारर बलिउड फिल्म ‘रेड २’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। मे १ मा रिलिज भएको यस फिल्मले २५ औं दिनमा पनि राम्रो व्यापार गरेको छ।

यतिखेर हलमा ‘रेड २’ सँगै ‘भूल चुक माफ’ र सुनील सेट्टीको ‘केसरी वीर’ प्रदर्शनमा छ। तर, पनि यस फिल्मले आइतबार  २.४० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। योसँगै भारतभर यस फिल्मको कमाइ १६२.१० करोड भारु पुगेको छ।

फिल्ममा अजयसहित रितेश देशमुख, वाणी कपुर र सौरभ कपुरको अभिनय छ। राम्रो समीक्षा पाइरहेको यस फिल्ममा उनीहरुको अभिनयको पनि तारिफ भइरहेको छ।

यो फिल्म सन् २०१८ सालमा रिलिज भएको ‘रेड’ को सिक्वेल हो। राजकुमार गुप्ता निर्देशित यस फिल्मले विश्वभर भने २२० करोड भारु कलेक्सन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad