अभिनेताद्वय अनमोल केसी र पल शाहबीचको सम्बन्धबारे बेलाबेला चर्चा हुने गर्छ।
एकअर्काका प्रतिस्पर्धी ठानिने उनीहरूबीच सम्बन्ध राम्रो नभएको हल्ला पनि चल्ने गर्छ।
यसैबीच दुईजना सँगै रहेको तस्बिर सार्वजनिक भएको छ।
जसमा अनमोलले पललाई अँगालो हालेका छन्।

योसँगै उनीहरूको सम्बन्ध बिग्रिएको हल्ला गलत भएको अनुमान लगाइएको छ।
खासमा अनमोल र पल यतिखेर कतारमा छन्।
एक कार्यक्रममा सहभागी हुन कतार पुगेका उनीहरू एकसाथ तस्बिरमा देखिएका हुन्।
उनीहरू सँगै रहेका फोटो/भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
198
Shares

प्रतिक्रिया