कला


‘द ब्ल्यू लाइट’को पोस्टरमा यस्तो छ बेनिशाको लुक्स

‘द ब्ल्यू लाइट’को पोस्टरमा यस्तो छ बेनिशाको लुक्स

नेपालखबर
जेठ २५, २०८२ आइतबार १२:२५, काठमाडौँ

चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा मुख्य अभिनेत्री बेनिशा हमाल फिचर्ड छिन्। 

पोस्टरमा उनलाई बारमा तनाव भएको अवस्थामा देखाइएको छ। औँलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन्। निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ।

तर, यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन। पोस्टरले कतै यो सिनेमाले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत गरेको छ। 

गत बिहीबारबाट यो सिनेमाको छायांकन सुुरु भइसकेको छ।  काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाकंन सेड्युल २० दिनको छ। 

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन्। चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन्। उनको यो डेब्यु निर्देशन हो।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन्। चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो। ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन्। चलचित्रको छायांकन नरेन्द्र मैनालीको हुनेछ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad