गायिका शर्मिला बर्देवा तथा गायक प्रमोद शर्माका गायन जोडीले म्युजिक नेपाल यूट्यूब च्यानलबाट आफ्नो नयाँ गीत ‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक गरेका छन्।
गायक प्रमोद शर्मा भन्छन, “हाम्रो गायन एकपटक सुनेर जानेहरुले हामीलाई पुन: सुन्न विदेशमै बोलाउँछन् । हामीले यस गानामा निकै मिहिनेत गरेका छौँ, श्रोताले पक्कै सुन्नु हुनेछ र मन पराइदिनुहुनेछ।”
प्रमोद शर्मा प्रसिद्ध संगीतकार स्व हुतराज शर्माका पुत्र हुन् भने गायिका शर्मिला बर्देवाले शास्त्रीय सङीतमा डिप्लोमा गरेकी छन् र तीन दशकदेखि गायन क्षेत्रमा संलग्न छिन्।
यस गीतका गीतकार दीनेश राज पुरी, नृत्य निर्देशन सियोन श्रेष्ठ र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ । यस्तै एल्वम काष्टमा सुधिर श्रेष्ठ, बिना रावत तथा कविता तोलंगीको अभिनय छ।
Shares

प्रतिक्रिया