कला


क्यानडामा कपिल शर्माको क्याफेमा गोली हानिँदा कर्मचारी भित्रै थिए: प्रहरी

क्यानडामा कपिल शर्माको क्याफेमा गोली हानिँदा कर्मचारी भित्रै थिए: प्रहरी

कपिल शर्मा र उनले क्यानडामा खोलेको क्याफेको तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार १०:३, काठमाडौँ

क्यानडामा भारतीय हास्य कलाकार (कमेडियन) कपिल शर्माको क्याफेमा गोली हानिएको घटनामा स्थानीय प्रहरीको प्रतिक्रिया आएको छ। 

शर्माले यही जुलाई ७ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सरेमा उद्घाटन गरेको क्याप्स क्याफेमा गोली प्रहार गरिएको थियो। 

गोलीकाण्डपछि कपिलको क्याफेमा अनुसन्धान गर्दै स्थानीय प्रहरी।

यस विषयमा सीबीसी न्युजले सरे पुलिस सर्भिस (एसपीएस) लाई उद्धृत गर्दै भनेको छ, 'बिहीबार बिहान न्युटन क्षेत्रको १२०औँ स्ट्रिटमा रहेको क्याफेमा गोली चलाइएको थियो। यस समयमा कर्मचारीहरू क्याफेभित्रै थिए।'

प्रहरीले आक्रमणमा कोही पनि घाइते नभएको बताएको छ। यद्यपि क्याफेमा क्षति भएको छ। गोलीले झ्यालका सिसा फुटेका छन्।

कपिलको क्याफेमा देखिएका गोलीका दाग
 

यस विषयमा कपिल शर्माले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। 

सरे पुलिस सर्भिसले प्रहरीले गोली प्रहारको उद्देश्यलगायत विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

एनडीटीभीको रिपोर्टले भने खालिस्तानी आतंककारी हरजित सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ।

हरजित सिंह राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को सूचीमा रहेका मोस्ट वान्टेड आतंककारीमध्ये एक हुन् र बब्बर खालसा इन्टरनेसनलसँग सम्बन्धित छन्।

आक्रमणकारीले गोली चलाएको भिडिओ पनि बनाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

हेर्नुहोस् फुटेज:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad