आज (शुक्रबार) नेपाली सिनेमाहलमा एक नेपालीसहित दुई विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’सहित हलिउड फिल्म ‘सुपरम्यान’ र भारतीय फिल्म ‘मालिक’ हलमा लागेका हुन्।
असार र साउनमा फिल्म रिलिजको खडेरी हुन्छ। यस्तोमा यो फिल्म यसपालिको असार महिनाको पहिलो र अन्तिम रिलिज फिल्म हो। यस फिल्मले देशभर ५० बढी शो पाएको छ। बिहानी शोमा खासै अकुपेन्ची नभएकाले ‘वर्ड अफ माउथ’ मिल्न जरुरी छ।
यो फिल्म नेपाली भाषा, संस्कार, संस्कृति र भूमि जोगाउनुपर्छ भन्ने अभियानको कथामा बनेको हो। यस फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय छ। मित्र प्रधान (नर)को निर्देशनमा बनेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन) को लगानी छ।
जेम्स गन निर्देशित हलिउड फिल्म ‘सुपरम्यान’ एक्सन र साहसिक जनरामा बनेको हो। डेभिड कोरेनस्वेट, राहेल ब्रोस्नाहान, निकोलस होल्ट, एडी गाथेगी मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया