कला


‘माग्ने राजा’मा केदारलाई पहिलोपटक मुख्य भूमिकामा देख्दा उत्साहित वर्षा, यसो भनिन्

‘माग्ने राजा’मा केदारलाई पहिलोपटक मुख्य भूमिकामा देख्दा उत्साहित वर्षा, यसो भनिन्

नेपालखबर
असार २९, २०८२ आइतबार १२:४८, काठमाडौँ

‘नाइँ नभन्नू ल २’ बाट डेब्यु गरेकी अभिनेत्री वर्षा शिवाकोटी आगामी ‘माग्ने राजा’मा मुख्य भूमिकामा देखिँदैछिन्। आगामी भदौ ६ गते प्रदर्शन हुने यस फिल्ममा उनी केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा दर्शकमाझ देखिँदैछिन्।

वर्षाले केदारसँग यसअघि ‘छक्का पन्जा ५’ मा काम गरिसकेकी छिन्। जसकारण पनि यो फिल्म खेल्न राजी भएको उनको भनाइ छ। भन्छिन्, ‘मलाई सिनेमामा प्रस्ताव आउनासाथ मैले काम गर्न सहमत जनाएँ। किनकी राम्रो टिमको लोभ थियो। केदार दाईसँग मैले ‘छक्का पन्जा ५’मा सहकार्य गरिसकेकाले पनि म ‘माग्ने राजा’मा काम गर्न राजी भएँ,’ वर्षा भन्छिन्। 

पहिलोपटक केदार ‘माग्ने राजा’मा मुख्य भूमिकामा रहेकाले आफू उत्साहित रहेको उनले खुलाइन्।

उनले निर्देशक ऋषि लामिछाने पनि लामो समयपछि निर्देशनमा कमव्याक गरेको र लेखक सामिप्यराज तिमल्सेनाको स्क्रिप्टमा आफूले यसअघि नै सिनेमामा काम गरिसकेकाले सिनेमामा केही पक्कै फरक हुनेछ भनेर सहकार्य गरेको बताइन्।

सधैं गरिरहेको क्यारेक्टर भन्दा ‘माग्ने राजा’मा आफू फरक देखिएको वर्षाको दाबी छ। ‘सिनेमाको कथावस्तु नै फरक छ। मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरुले न्यारेट गर्दाखेरी त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो। तर उहाँहरुको सोचाई अनुसार नै मैले काम गरेकी छु,’ वर्षा भन्छिन्।

वर्षाले निर्माण पक्षको योजना अनुसार नै सिनेमा बनेकाले सिनेमा सफल हुनेमा आफू ढुक्क रहेको बताइन्। ‘निर्माता र निर्देशकको योजना अनुसार नै काम भएको छ। टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ। हामी यति लामो समयदेखि व्यवासायिक रुपमा काम गरिरहेको हिसाब पनि सोच्नुपर्ने भयो। उहाँहरुको काम गराई देखेपछि काम गर्न पनि सजिलो भयो,’ उनले भनिन्। 

सिनेमाले कन्टेन्टले दर्शकले रिलेट गर्न सक्ने वर्षाको भनाई छ। ‘सिनेमाले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ। हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ। सिनेमाले सबै वर्गलाई प्रतिनिधित्व गर्छ। अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चत्रिण गरको छ। सिनेमाले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ,’ वर्षाको भनाई छ।

सिनेमा ‘छक्का पन्जा ५’मा आफूले काम देखाउन पाएकैले सन्तुष्टि मिलेको उनको भनाइ छ। ‘मैले अहिलेसम्म काम गरेका फिल्ममध्ये अलिकित बढी एप्रिसियट पाएको ‘छक्का पन्जा ५’ बाटै हो। किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ। राम्रो काम गर्नुहुँदो रहेछ है भनेर रेस्पोन्स आएको ‘छक्का पन्जा ५’ हो। ‘माग्ने राजा’मा पक्कै पनि त्यो भन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad