मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। यु क्यान फ्लाई मोडलिङ एजेन्सी आयोजक रहेको सोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भान वीर सिंह कंशकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेटबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फिनाले आगामी बिहीबार होटल सोल्टीमा हुँदैछ।
यसपटकको शोमा १८ जना सहभागी थिए। हरेक एपिसोडमा प्रतियोगी छाँटिदै फिनालेका लागि ८ जना पुगेका हुन्।
प्रतियोगिताको उपाधि विजेताले द फेस नेपालको ब्राण्ड एम्बासडरसँगै ७ लाख रुपैंयाँ बराबरको उपहार, म्युजिक भिडिओ, विज्ञापनमा मोडलिङको अवसरलगायतको पुरस्कार प्राप्त गर्नेछन्।
कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपालमा मोडलहरुले अझ राम्रो ‘एक्सपोजर’ नपाइरहेको अवस्थामा उनीहरुलाई ‘एक्सपोज’को प्लेटफर्म दिन सोको आयोजना गरिएको बताइन्। स्वीकृति पनि १० वर्षदेखि मोडलिङमा सक्रिय छिन्।
‘म १० वर्षदेखि मोडलिङमा लाग्दा एक्सपोजर पाउनुपर्ने भए पनि अहिलेको मोडलहरुले मोडलिङमा लाग्ने बित्तिकै एक्सपोजर पाइहाल्नुपर्ने भन्ने भएकाले यो रियालिटी शो निर्माण गरेका हौं।नेपालमा मोडलिङ इभेन्टहरु भए पनि मोडलले निरन्तरता दिए अनुसारको हाइप बनाउन सकेका छैनन्। त्यसकारण हामी उनीहरुलाई अवसरको ढोका खोल्न चाहन्छौँ।’
Shares

प्रतिक्रिया