कला


किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी (तस्बिरहरू)

किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी (तस्बिरहरू)

नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:७, काठमाडौँ

कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ। ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौँ आर्ट हाउस, काठमाडौँ गेष्ट हाउस र काठमाडौँ गेस्ट हाउस पाटनमा एकसाथ प्रदर्शनी सुरु गरिएको हो।

एनसेल फाउण्डेसनसँगको सहकार्यमा गरिएको प्रदर्शनीमा मानन्धरको कलायात्रामा क्रममा सृजना गरिएका केही चित्रकलालाई राखिएको छ। रङ, रेखा र अराजकताको दशकहरूलाई उजागर गरिएको चित्रकलामा यस अवधिका विविध आयामहरूलाई समेटिएको आयोजक म्युजियम अफ नेपाली आर्टले जनाएको छ।

‘प्रदर्शनीको नाम स्वयम कलाकारकै नाम किरणबाट आएको हो, जसको अर्थ प्रकाश हुन्छ। प्रकाशमा फेरि प्रकाश हाल्न आवश्यक छैन, त्यसैले किरण मानन्धर स्वयं प्रकाश हुनुहुन्छ,’ म्यूजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यले भने।

कलाकार किरण मानन्धरले यस्तो प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यस प्रदर्शनीले भूमिका खेल्ने उनको विश्वास छ।

‘यतिवटा त थाहा छैन। जीवनकालकै पेन्टिङ छन्। मैले सानोबेलादेखिको अहिलेसम्मको काम छ।। आफू मात्रै बनेर हुँदैन, युवापुस्तालाई कसरी अगाडी बढाउँदै लैजाने कला र संस्कृतिबारे ज्ञान साट्ने हो। कसरी आकर्षित गर्ने भन्ने पनि यस प्रदर्शनीको उद्देश्य हो,’उनले भने।

एनसेललगायतका संस्थाले प्रदर्शनी आयोजनाका लागि गरेको सहयोगमा आभार व्यक्त गरे। एनसेल फाउण्डेसन तथा विशेष परियोजनाकी निर्देशक विशाखा लक्ष्मी कुँवरले कलाकार मानन्धरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन। एनसेल फाउन्डेशनले नेपालको कलात्मक सम्पदाले भावी पुस्तालाई प्रेरणा दिइरहोस् भन्नेमा सचेत रहेको उनको भनाइ छ।

यो प्रदर्शनी आगामी सेप्टेम्बरसम्म सञ्चालन हुनेछ। दर्शकहरूले प्रत्येक दिन बिहान १० बजेदखि साँझ ६ बजेसम्म अवलोकन गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad